१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नागरिक लगानी कोषले निकाल्यो लिखितको परीक्षाफल

नागरिक लगानी कोषले रिक्त रहेको प्रशासन/प्राविधिक तर्फमा विभिन्न पदमा लिएको परिक्षाको परीक्षाफल प्रकाशित गरेको छ।

कोषले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षामा उत्तीर्ण भएका विज्ञापन नम्बर ११/२०७९/८०, १३/२०७९/८०, १४/२०७९/८०,१५/२०७९/८०, १६/२०७९/८०, १७/२०७९/८० र १८/२०७९/८० का उम्मेदवारहरुलाई अन्तर्वार्ता, प्रस्तुतीकरण, कम्प्युटर सीप परीक्षण र प्रयोगात्मक परीक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

कोषले अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि नागरिक लगानी कोषको नयाँ बानेश्वर काठमाडौँस्थित कार्यालयमा र प्रयोगात्मक परीक्षा र कम्प्युटर सीप परीक्षणका लागि लोक सेवा आयोग अनामनगर, काठमाडौँमा विज्ञापन अनुसार आगामी माघ महिनाका फरक फरक दिनमा आउन आव्हान गरेको छ।

प्रकाशित: २३ पुस २०८० ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App