१३ असार २०८१ बिहीबार
image/svg+xml
समाज

बरहथवामा स्थिति नियन्त्रण बाहिर

सर्लाहीको बरहथवामा आन्दोलनकारीहरूको प्रदर्शन साँझसम्म पनि जारी छ। शुक्रबारदेखि चलिरहेको आन्दोलन अहिले नियन्त्रण बाहिर छ।

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश तोडेर आक्रामक शैलीमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले प्रहरी कार्यालयमा पेट्रोल बम, बियरको बोतल, ढुङ्गा मुढा प्रहार गरिरहेका छन्। 

यता प्रहरीले स्थिति नियन्त्रणमा लिन चार दर्जन बढी अश्रुग्याँस र सय राउन्ड बढी हवाई गरिसकेका छन्। सर्लाही प्रहरी प्रमुख एसपी प्रवीण धिताल र सशस्त्र प्रहरीका एसपी तुल बहादुर भण्डारी स्वयं खटिए पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन।

यता प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको कार्य कक्षमा आन्दोलनरत पक्षसँग बर्ता चलिरहेको छ। वार्ता बिहानै देखि जारी रहे पनि निष्कर्षमा पुग्न सकेको छैन।

प्रकाशित: २२ पुस २०८० ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App