२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बुधबार मात्रै १४ वटा अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्वमा हवाई क्षेत्र प्रभावित हुँदा यसको असर नेपालमा पनि दैनिक परिरहेको छ। 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयका अनुसार बुधबार मात्रै १४ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। कार्यालयले बुधबार सूचना जारी गरेर जजीरा एयरवेज र एयर अरेबीयाका एक-एक, कुवेद एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दुई -दुई तथा फ्लाइ दुबइ र कतार एयरवेजका तीन-तीन गरि १४ उडान रद्द भएका जनाएको हो। 

कार्यालयका अनुसार कुवेत-काठमाडौं-कुवेत, शारजाह-काठमाडौं-शारजाह, दुबई-काठमाडौं-दुबई, काठमाडौं-दोहा, काठमाडौं-दम्माम उडानहरू रद्द गरिएका हुन्। दोहा-काठमाडौं-दोहा उडान तथा काठमाडौं-दोहा-काठमाडौं र काठमाडौं-दम्माम-काठमाडौं० उडानहरू रद्द भएका हुन्।  

कार्यालयले केही अन्तर्राष्ट्रिय उडान रद्द तथा पुनःतालिकीकरण (रिस्केड्युल) हुन सक्ने सम्भावना देखिएको भन्दै यात्रु व्यवस्थापन सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनी तथा सरोकारवालासँग नजिकबाट समन्वय भइरहेको जनाएको छ। थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट वा नम्बरमा सम्पर्क गर्न यात्रुलाई आग्रह गरिएको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App