२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पशुपतिमा आरतीको भिडियो खिच्न नपाउनेप्रति पशुपति विकास कोषको आपत्ति

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न नपाइने भनी बुढासुब्बा डिजिटल प्रालिले निकालेको सूचनाप्रति असहमति जनाएको छ। 

यता, बुढासुब्बा डिजिटल प्रा.लि.ले ‘श्री पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ’भनी सूचना निकालेको छ। साथै ‘यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौ।’ बुढा सुब्बा प्रालीले निकालेको यस्तो सूचनाप्रति कोषले असहमति जनाएको हो।

कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार सूचना निकाल्दै बुढासुब्बा डिजिटल प्रा। लि।को नामबाट प्रकाशित गरिएको सूचनासँग असहमति जनाएकी हुन्। बुढासूब्बा प्रालीले निकालेको उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी प्रकाशित भएकोमा कोषको असहमति रहेको भन्दै उनले भनिन, ‘उक्त सूचना प्रकाशित प्रति कोषको कुनैपनि संलग्नता नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौ।’

प्रकाशित: २० पुस २०८० १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App