१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सई साउदविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखरको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा आज दर्ता गरेको छ।

लागू औषधको मुद्दा मिलाइदिने बहानामा ३० हजार रुपैयाँ घुस लिएको भन्दै आयोगले मंसिर १२ मा साउदलाई नियन्त्रणमा लिएको थियो।

मैनापोखर बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक साउदले लागू औषध मुद्दामा सहजीकरण गरिदिने नाममा घुस लिएको भन्दै ३० हजार रुपैयाँ बिगो कायम गरी, जरिवाना र कैदसमेत माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता भएकाे छ।

प्रकाशित: १९ पुस २०८० १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App