१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मैले गाडी चलाउँछु भन्दा सचिवज्यूले दिनुभएन’ (भिडियो)

दुर्घटनामा घाइते निरञ्जन यादव । तस्बिर : दिपेन्द्र राेक्का

काठमाडौँ – शनिबार विहान ३ बजे सिचाईं मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जिप दुर्घटना भयो।
कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खस्यो। 

सिंचाई मन्त्रलायको उक्त गाडीमा सचिवसँगै उनका २२ वर्षीय छोरा सन्तोष यादव, १५ वर्षीया भान्जी उन्नती गुप्ता र चालक ३१ वर्षीय निरञ्जन यादव सवार थिए।

दुर्घटनामा जिवित निरञ्जन यादव एक वर्षदेखि उक्त गाडी चलाउँदै आएका थिए। उनलाई दुर्घटनास्थलबाट उद्धार गरी काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ।

‘नारायणगढ आइपुगेपछि मैले अब म गाडी चलाउँछु हजुर आराम गर्नुहोस भन्दा तिमी थाकेका छौँ आराम गर म थाकेपछि तिमीलाई दिन्छु भन्नुभयो।'

ट्रमा सेन्टरको आकस्मिक कक्षको बेड नं १मा उपचाररत उनी हामी त्यहाँ पुग्दा बोल्न नसक्ने अवस्थामा थिए । केही प्रश्न गर्दा विस्तारै सकिनसकी जवाफ दिइरहेका थिए। 

यही माघ २१ गते उनीहरू सचिव यादवको व्यक्तिगत कामले सचिवको घर कपलिवस्तु गएका थिए । निरन्जनका अनुसार उनीहरू सचिवको काम सकाइ माघ २६ गते राती ९ बजे काठमाडौँ हिडेका थिए । ‘हिजो राती ९ बजेतिर सचिवज्यू, उहाँको छोरा, भान्जी र म काठमाडौँ हिडेको थियौँ’उनले भने । उनका अनुसार कपिलवस्तुबाट हिडेको केही समय उनले गाडी चलाएपनि पछि सचिवले उक्त गाडी चलाइरहेका थिए । ‘सचिवज्यूको घरदेखि चनौटासम्म मैले गाडी चलाए, त्यसपछि सचिवज्यूले तिमीलाई थकाइलाग्यो होला म गाडी चलाउँछु भन्नुभयो, त्यसपछि म पछाडि सिटमा गएर बसे उहाँले गाडी चलाउनुभयो’ चालक यादवले भने।

कपिलवस्तुबाट ४ जना हिडेका उक्त गाडीको स्टेरिङ चनौटाबाट सचिव यादवले समाएपछि चालक पनि केही बेर आराम गर्न थाले । नारायगढ आइपुगेपछि निरञ्जनले सचिवलाई आफूले गाडी चलाउन अनुरोध गरेको बताउँछन्, ‘नारायणगढ आइपुगेपछि मैले अब म गाडी चलाउँछु हजुर आराम गर्नुहोस भन्दा तिमी थाकेका छौँ आराम गर म थाकेपछि तिमीलाई दिन्छु भन्नुभयो।'

दुर्घटनाको विषयमा बोल्दै उनी भन्छन्, ‘गाडीको अगाडि सचिवज्यू र उहाँको भान्जी हुनुहन्थ्यो म र उहाँको छोरा पछाडि थियौँ, म फेरि निदाएछु बिउँझिदा म खोलाको पानीमा तैरिरहेको थिए म आत्तिदै बचाउ बचाउ भन्दै गुहार माग्न थाले, बिस्तारै सकी नसकी खोलाको किनारासम्म पौडिएर आए, त्यसपछि गाडी र सचिवज्यूहरूलाई खोजे केही पनि देखिन।’ 
‘म बचाउ भन्दै गुहार मागिरहेको सुनेर स्थानीयहरू आइ डोरी फ्याकेर मलाई त्यसमा समाउन लगाएर माथि ताने। त्यसपछि मलाई स्थानीय राजमार्ग सामुदायिक अस्पताल मलेखुमा लगियो त्यहाँ सामान्य उपचार पश्चात एम्बुलेन्सबाट काठमाडौँ ल्याइयो ।’

दुर्घटना हुँदा आफू निदाएको कारण के कति कारणले दुर्घटना भयो केही पनि थाहा नभएको बताउँछन् उनी, ‘सचिवज्यूले गाडी चलाइरहनु भएको थियो म पछाडि निदाइरहेको थिए, बिउँझिदा म खोलामा थिए त्यसकारण दुर्घटना कसरी भयो भन्ने मलाई केही पनि थाहा छैन् । अनि सचिवज्यू, उहाँको छोरा, भान्जी कता हुनुहुन्छ पनि थाहा छैन्।’

उनको उपचारमा संलग्न डाक्टरका अनुसार उनको पेटमा पानी जस्तो केही तरल पदार्थ जमेको कारण अप्रेशन गर्नुपर्ने भएकाे छ। साथै उनको नशामा पनि चोट लागेको छ। 

प्रकाशित: २७ माघ २०७४ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App