१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

ज्यान मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ

ज्यान मुद्दामा विगत ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई भोजपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका–५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई ललितपुरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले राईलाई ललितपुरमा बसोबास गरिहरेको अवस्थामा फेला पारेर पक्राउ गरिएको जानकारी दिए। 

डिएसपी पाठकका अनुसार २०५० मंसिर ३ गते राईसहितको संलग्नतामा साबिक कोट गाविसका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। पक्राउ परेका पूर्णहाङलाई सोमबार सार्वजनिक गरिएको पनि उनले जानकारी दिए।

२०६१ भदौ २८ गते जिल्ला अदालत भोजपुरबाट पूर्णहाङलाई घटनामा संलग्न रहेको भन्दै तीन वर्ष कैदको सजाए भएको थियो। फरार रहेका मुख्य प्रतिवादी शुक्रदेवलाई भने अदालतले २० वर्षको कैद सजाए तोकेको थियो। 

२०५० कात्तिक २७ गते लक्ष्मी पूजाको दिन देउसी खेल्ने क्रममा शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद भएको थियो। त्यसपछि मंसिर ३ गते विवाद मिलाउने क्रममा झगडा भएपछि राजधनमाथि कुटपिट गर्नेक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी उनको हत्या गरेका थिए।

प्रकाशित: १६ पुस २०८० १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App