१० असार २०८१ सोमबार
image/svg+xml
समाज

तीन प्रदेशमा तीन दिनसम्म हिमपात, तराईमा हुस्सु र कुहिरो

मौसम पूर्वानुमान महाशाखाले आजदेखि मङ्गलवारसम्मै गण्डकी, कोशी  र बागमतीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना औँल्याएको छ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपात तथा तराईका भू–भागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता  अपनाउ पनि महाशाखाले अनुरोध गरेको छ।

आज बागमतीका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात नभए पनी कोशी र गण्डकीमा भने सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार र मङ्गलवार भने तीन वटै प्रदेशमा हिमपातको सम्भावना छ।

आज बिहानैदेखि तराईमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्य रहेको जनाएको छ।आज पश्चिमी वायुको प्रभाव आंशिक रहेको पनि जनाइएको छ।  

यस्तो छ तीन दिनको मौसम:

२०८० पुस १५ गते (आइतबार)

दिउँसो: देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी  भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० पुस १६ गते (सोमबार)

दिउँसो: देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ र बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० पुस १७ गते (मङ्गलवार)

दिउँसो: कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ र बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती:कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १५ पुस २०८० ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App