१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकलाई कम्बल

जुम्लाको गुठीचौर गाउँपालिका ५ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ। जुम्लालगायत कर्णाली प्रदेशका हिमाली जिल्लामा चिसोले जनजीवन प्रभावित भएपछि उनीहरूलाई कम्बल वितरण गरिएको हो। दुई सय ३३ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो।

निरन्तर चिसोबाट प्रभावित भएका वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै लक्षित वर्ग कार्यक्रमअन्तर्गत वडाभित्रका कम्बल वितरण गरिएको वडाध्यक्ष कमल महत (प्रशान्त) ले बताए।

ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने संस्कार बसाल्न जाडोमा कम्बल वितरण गरेका हौं’, अध्यक्ष महतले भने। ज्येष्ठ नागरिकको सम्मानका लागि वर्षमा एकपटक यस्ता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी (मल्ल) भण्डारी र प्रमुख प्रशासकीय अधिकृत धु्रवराज गिरीको उपस्थिति थियो।

ज्येष्ठ नागरिकका लागि स्थानीय सरकार भरोसा बन्दै गएको उपाध्यक्ष शान्तिकुमारी (मल्ल) भण्डारी बताउँछिन्। कम्बल पाएपछि गुठीचौर ५ का ८१ वर्षीय मिमबहादुर महतले वडपालिकाको सम्मानबाट खुसी भएको बताए। सरकारले जाडोमा न्यानो कम्बल दिएर पुण्य कर्म गर्‍यो’, सोही वडाकी ७१ वर्षीय भवानीप्रसाद न्यौपानेले भने  

यस्तै जुम्लाको तातोपानी गाउँपालिकाले पनि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। तातोपानी- २ वडाका दुई सय ४० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौंलागाईले बताए। वडा ६ का एक सय ७० र ५ वडा  का एक सय ७० जनालाई न्यानो कपडा बाँडिएको हो।

वडाको लक्षित वर्ग कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, गरिब, विपन्न, अपांगता भएका एक सय ७० जनालाई न्यानो कम्बल वितरण गरिएको वडाले जनाएको छ। यता तातोपानी २ ले चारजना विपन्नलाई ग्याँस चुलो वितरण गरेको छ।

प्रकाशित: १३ पुस २०८० ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App