१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जाडो छल्न यशोधराका विपन्नलाई कम्बल

शीत लहरसँगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० विपन्नलाई न्यानो कम्बल वितरण गरिएको छ।

फाइबर सिरक र कम्बल पाउँदा राउटेहरू दंग

जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले जंगलमा चिसोले थलिएका राउटे समुदायलाई न्याना कपडासहित त्रिपाल वितरण गरेको छ।

छ सय एघार घरपरिवारलाई निःशुल्क कम्बल वितरण

अमेरिकामा सञ्चालित होप एण्ड हेल्पिङ हेण्डस् नामक संस्थाको आर्थिक सहयोगमा उक्त गाउँपालिकाको सातवटै वडाका अतिविपन्न, एकल महिला र अशक्त व्यक्ति भएका घरपरिवार छनोट गरी उनीहरूको गाउँमै लगेर निःशुल्क कम्बल वितरण गरिएको हो।

ज्येष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कम्बल वितरण

ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल उपलब्ध गराइएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए।

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ का एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ।

तराइमा न्यानो बाँड्दै नेपाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृह जिल्लाका विपन्न चिसो प्रभावितलाई न्यानो लुगा वितरण गरेका छन्। शीतलहरले अत्यधिक प्रभावित गृह जिल्ला रौतहटको गढीमाई नगरपालिकामा चिसो प्रभावितलाई नेता नेपालले न्यानो लुगा वितरण गरेका हुन्।

विपन्न परिवारलाई कम्बल

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले बिहीबार त्यहाँका ३५ परिवारलाई कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए।

नेपाली सेनाद्वारा शितलहर पीडितलाई कम्बल वितरण

नेपाली सेनाको चन्दननाथ गणले शुक्रबार शितलहर पीडितहरुलाई कम्बल बितरण गरेको छ। कलैया उपमहानगरपालिका १७ मा रहेको गणले जितपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न टोलका दुई सय जना अति बिपन्न गरिब परिवारलाई कम्बल बितरण गरेको हो।

विपन्न परिवारलाइ पाँच सय बढी कम्बल वितरण

अत्याधिक चिसो बढ्दै गएपछि सिन्धुलीको दुधौली नगरपालिकाका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। रेडक्रस शाखा सिन्धुलीको सहयोगमा दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले झन्डै पाँच सय मुशहर समुदायका परिवारलाई कम्बल वितरण गरेको रेडक्रस शाखा सिन्धुलीले जनाएको छ।

कम्बलले मात्रै छेक्दैन शीतलहर : राहत कुर्ने मनोविज्ञानबाट मुक्ति आवश्यक

तराईमा शीतलहरले जनजीवन कष्टकर बनेपछि यतिबेला सबैतिर राहत बाँड्ने होडबाजी चलेको छ । स्थानीय तह, प्रहरी प्रशासन सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदैमा व्यस्त छन् । विपन्न बस्तीमा गएर केही थान कम्बल बाँड्ने संघसंस्थाको ओइरो देखिन्छ ।

चिसो बढेपछि उप-महानगरपालिकाद्धारा कम्बल वितरण

कलैया उपमहानगरपालिकाले चिसोबाट पीडित बनेका स्थानीयहरुलाई राहत दिनको लागि कम्बल बितरण गरेको छ।

चिसोमा राहत स्वरुप कम्बल

जिल्लाका विपन्न समुदायका लागि चिसोमा राहत स्वरुप कम्बल वितरण सुरु गरिएको छ । बढ्दो चिसोसँगै बगनासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायलाई प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले १३ घरलाई प्रति परिवार २ थान कम्बल वितरण गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्