१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

गर्भनर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीविरुद्ध योग्यताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठीगायतले गर्भनर पद बर्खास्तीको माग गर्दै आज बिहिबार रिट निवेदन दर्ता गरेका हुन्।

गर्भनर अधिकारीको गर्भनर ऐनको दफा २० बमोजिमको योग्यता नभएको भन्दै पदका लागि योग्य नभएको रिट निवेदकको दाबी छ। ‘गर्भनरको योग्यतामा नै प्रश्न उठेको र गैरकानुनी तवरले पदमा बस्न उचित हुँदैन’ रिटमा भनिएको छ।

गर्भनरको कानुन विपरितको योग्यताका आधारमा योग्यता पुगेका व्यक्तिलाई बाहिर राखिएको हुँदा नियुक्ति बदरको माग रिट निवदेनमा गरिएको छ।

प्रकाशित: १२ पुस २०८० १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App