२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

पशुपति हिन्दु विश्वविद्यालय अघि बढाउन मन्त्री किराँतीको निर्देशन

पशुपति हिन्दु विश्वविद्यालय द्रुत गतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किराँतीले निर्देशन दिएका छन्। विश्वविद्यालय स्थापनाका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन्।

गत चैत्रमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्री  किराँतीले आफुले मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन्। समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताए।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषदबाट हुने नितिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए। 

विश्व विद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्व विद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पुरा गरेपछि स्नातक उतिर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका सदस्य कमल ढकालले बताए। यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरुको गौरवको विषय भएकोले कुनै प्रकारको ढिला सुस्ती नगर्न क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्।

प्रकाशित: १० पुस २०८० ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App