२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राम मन्दिरको उद्घाटनमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद

भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद उत्पन्न भएको छ। २२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरधामबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहँदा जानकी मन्दिरका महन्थहरूबीच विवाद चुलिएको हो।

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरधामबाट कपडा, फलफूलसहितका कोसेलीले भरिएका ११ सय थाल पठाउने तयारी भइरहेको थियो। तर, अब मन्दिरका मुख्य महन्थ राम तपेश्वर दास वैष्णवले कोसेली नपठाउने प्रतिक्रिया दिएका छन्।

तीन दिनअघि मन्दिरका छोटा महन्त रामरोशन दासले पत्रकार सम्मेलन गरी भारतको आयोध्यमा हुने राम मन्दिरको उद्घाटन समारोहमा रामको ससुराली जनकपुरधामबाट विभिन्न प्रकारका कोसेली पठाउने बताएका थिए।

जानकी मन्दिरबाट पठाइने भनिएको केसेलीमा मन्दिरको कुनै संग्लनता नरहेको मुख्य महन्त रामतपेश्वरले आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।

मन्दिरका दुई महन्थबीचको विवादका कारण अयोध्या कोसेली पठाउने वा नपठाउने विषयमा अन्यौल उत्पन्न भएको छ।

प्रकाशित: १० पुस २०८० ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App