१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

नवलपुरको सामुदायिक वनमा सासू र बुहारीको शव फेला

जिल्ला प्रहरी कार्यालय नवलपुरले स्थानीय सामुदायिक वनमा आइतबार राती दुई जना महिलाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को विनय सामुदायिक वनमा दुई शव फेला परेको हो।  

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलका अनुसार आइतबार आइतबार राती ९:२० मा उनीहरूको शव फेला परेको हो। आइतबार बिहान ११ बजे घाँस काट्न गएकी ६० बर्सिया मनादेवी पौडेल (सासू) र २८ बर्सिया विष्णु पौडेल (बुहारी) मृत फेला परेको पौडेलले नागरिक न्यूजलाई जानकारी दिए।

उनीहरू साँझसम्म पनि घर नफर्किएपछि परिवारले स्थानीय प्रहरीमा आइतबार साँझ ८: २५ बजे उजुरी दिएको थियो। प्रहरी टोली खोज्दै जादा ९तः२० बजे त्यो कहरेको ढिकमा दुवैको शव फेला परेको डिएसपी पौडेलले जानकारी दिए।  

उनका अनुसार दुवै शवको बायाँ कम्पारा र कम्पारा पछाडि चोट लागेको देखिन्छ।  ‘पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न सकिँदैन,’ पौडेलले भने। वन्यजन्तुले पनि आक्रमण गरेको हुनसक्ने अनुमान प्रहरीको छ। दुवै शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ पुस २०८० ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App