१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध काठ बोकेको ट्रकसहित दुईजना पक्राउ

उदयपुर प्रहरीले अवैध काठ बोकेको ट्रकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका ७ स्थित कल्याणचोकबाट शनिबार गोलीया काठ बोकेको ट्रकसहित चालक र अर्का एकजनालाई पक्राउ गरेको हो।

प्रदेश १–०२–००२ ख ००६२ नं. को ट्रकमा पहाडी भेगबाट झारेर पूर्वतर्फ लाँदै गरेको अवस्थामा पाँच सय ६० क्युबिक फिट गोलिया काठ जाँचका क्रममा अवैध भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठसहित ट्रक चालक मोरङको बेलबारी नगरपालिका ४ का २७ वर्षीय सोमबहादुर भुजेल र तेरथुमको लालीगुराँस नगरपालिका ३ का १९ वर्षीय केदार बानियाँ पक्राउ परेका छन्। पक्राउ काठसहित व्यक्ति र ट्रकलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले डिभिजन वन कार्यालय गाईघाटको जिम्मा पठाएको जनाएको छ।

डिभिजन वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले प्रहरीले पठाएको काठ, ट्रक र व्यक्तिउपर अनुसन्धन सुरु भएको बताए। प्रारम्भिक अनुसन्धानअनुसार खोटाङबाट विराटनगर लैजाँदै गरेको भन्ने खुलेको तर निजी वन या सामुदायिक कि राष्ट्रिय वनको हो भन्ने यकिन नभइसकेकाले अनुसन्धान भइरहेको सापकोटाले बताए।

वन ऐनअनुसार निजी वनको हकमा उतिको काठ खुला रूपमा ओसारपसार गर्न पाउने कानुनी व्यवस्था भएको तर त्यसका लागि सम्बन्धित वन कार्यालयबाट छुटपुर्जी भने लिएको हुनुपर्ने डिएफओ सापकोटाले बताए। वन कार्यालयको कुनै कागजात नभएकै कारण सो काठ पक्राउ परेको उनको भनाइ छ। सामुदायिक वा राष्ट्रिय वनको हकमा भने नियमानुसार गरेको नपाए कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको उनले बताएका छन्।

प्रकाशित: ८ पुस २०८० ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App