१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतका न्यायाधीश

न्याय परिषद्को आज आइतबार बसेको बैठकले सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारलाई उच्च अदालत न्यायाधीश नियुक्ति गर्ने  निर्णय गरेको छ।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत पाटन र उच्च अदालत पोखराका लागि न्यायाधीश नियुक्ति गरेको हो।

परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्ति गर्ने निर्णय भएको छ। त्यसैगरी सर्वोच्चकै रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा नियुक्ति गरिएको छ।

साथसाथै राजश्व न्यायाधीकरण नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्षमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टंकप्रसाद गुरुङलाई तोक्न परामर्श दिइएको न्याय परिषद्ले जनाएको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारूलाई सोही अदालतको नेपालगञ्ज इजलासमा सरुवा गर्ने निर्णय गरेको छ।

प्रकाशित: ८ पुस २०८० ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App