१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

न्यायको कठघरामा ‘बालेन’ का निर्णयहरु

विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि करिब ६ महिना अगाडी काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गरे। उनको निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै शाह रिसाए।

उनले त्यति बेला सामाजिक सञ्जालमा देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने बताएका थिए। ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, त्यतिबेला शाहले आफ्नो फेसबुकमा लेखेका  थिए। तर, उनी अदालतको निर्णय मान्न बाध्य भए। बरु अदालतले शाहले गरेका निर्णयहरु धमाधम बदर गर्न थालको छ।

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका एक पछि अर्का महत्त्वपूर्ण निर्णयहरु अदालतको अन्तरिम आदेशबाट रोकिन थालेका छन्।

जस्तो कि पछिल्लो समय काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने शाहको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दियो।  

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका एक पछि अर्का महत्ववपूर्ण निर्णय अदालतको अन्तरिम आदेशबाट रोकिन थालेका छन्। उति बेला एक पटक शाहले अदालतको आदेश मान्दिन भनेर समेत लेख्न भ्याएका थिए। यति बेला अदालत धमाधम शाहको आदेश बदर गर्दै छ।  

उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म महानगरको १२ मङ्सिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै बालेनको पछिल्लो निर्णय पनि अदालतको बन्दी भएको छ।

यो मात्र हैन, यस अघिका महानगरका विभिन्न निर्णयहरु अदालतको आदेशले गर्दा कार्यान्वयन हुन सकेका छैनन। चाहे त्यो नर्भिक अस्पतालको अवैध संरचना भत्काउने महानगरको प्रयास होस या दूरसञ्चार प्राधिकरणको कार्यालय अनि  राप्रपाको कार्यालय  भत्काउने प्रयासहरु हुन सबै अदालतको आदेशबाट रोकिएका छन्।

यी मात्र हैन, अदालतको आदेशबाट बालेनका महत्त्वाकांक्षी अन्य योजना पनि रोकिए। जस्तो कि विद्यालय व्यवस्थापनको अध्यक्षमा वडा अध्यक्षलाई राख्ने निर्णय, व्यावसायिक भवनबाट पार्किङ सुल्क लिन नपाउने निर्णय सबै अदालतको आदेशबाट रोकिन पुगेका छन्।

उनले गरेका धेरै निर्णयहरु धमाधम अदालतले रोकेपनि बालेनले भने निर्णय गरिरहेकै छन्।

प्रकाशित: ४ पुस २०८० ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App