ह्वाइट हाउस इन्टरनेसनल कलेजका डिआइ कृष्णप्रसाद नेपालले एक छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रेका छन्।
मंगलबार बिहानैदेखि विद्यार्थीहरूले तीनकुनेमा रहेको प्रहरी चौकी घेराउ गरी प्रदर्शनमा थालेका हुन्। छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गर्ने डिआइलाई कारबाहीको माग गर्दै उनीहरुले आन्दोलन जारी राखेका छन्।
तीनकुने प्रहरी चौकीका डिएसपी शिवराज बुढाथोकीले आरोपीत डिआइलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
विद्यार्थीहरूले प्रदर्शनको क्रममा प्रहरीले कुटपिट गरेको आरोप समेत लगाएका छन्। डिएसपी बुढाथोकीले भने ‘बिहान केही समय झगडा भएको थियो। सामान्य धकेलाधकेल भएको हो। विधार्थीहरुलाई कुटपिट, लाठी चार्ज भने गरेको छैनन्।’
प्रकाशित: ३ पुस २०८० ११:४१ मंगलबार