१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कश्मीरी मुसाे देखिंदाको हर्ष!

यस्ताे पनि!

चीनमा कश्मीरी मुसाे पाइयो भनेर एक किसिमको उत्साह नै छायो। खासगरी वैज्ञानिक जगत्मा।

चीनको झेजियाङ र एनहुई प्रान्तमा यसअघि नदेखिएको कश्मीरी मुसाे फेला पर्‍यो। यसको गाढा खैरो भुत्ला र त्यस्तै ढाड यसअघि देखा नपरेको भन्दै वैज्ञानिक जगत् खुसी भएको हो। युरोपेली कश्मीरी मुसाेको तुलनामा यसको कान केही ठूलो छ।

हुन त संसारमा विभिन्न प्रकारका मुसाहरू पाइन्छन् तर यस्तै प्रजातिका सात मुसाहरु छन् भन्ने वैज्ञानिकहरूको ठम्याइ छ। तिनको डिएनए नमुनाहरूको अध्ययनबाट फेला परेको यो मुसाे अन्यभन्दा फरक रहेको दाबी गरिएको छ। यसलाई उनीहरूले नयाँ नाउँ मेसेचिनस ओरिएन्टलिस राखिएको छ।

अर्को एक प्रजाति उत्तरी चीन र मंगोलियामा पाइन्छ, जसलाई मेसेचिनस जेनस भनिन्छ। दक्षिण–पश्चिमी चीनमा अर्को प्रजातिको मुसाेलाई मेसेचिनस हुगी नाम राखिएको छ। यी दुई प्रजातिको बसोबास दुरी नाप्ने हो भने झण्डै हजार किलोमिटर रहेको छ।

३४० ग्राम तौल र ८.८ सेमी लामो मेसेचिनस ओरिएन्टलिस तुलनात्मक रूपमा केही सानो आकारको देखिएको छ। अन्य मुसाेजस्तै यो पनि रातिहुँदो कीरा र फलफूल खाएर आफ्नो जीवन गुजारा गर्छ।

जाडो याममा धुम्धुम्ती बसिरहन्छ, खास मिहिनेत गर्दैन। मेसेचिनस ओरिएन्टलिस मुसाे हाल चीनका दुई प्रान्तमा मात्र पाइएको छ। संख्याका हिसाबले पनि पर्याप्त रहेकाले यसलाई संकटापन्न पनि भन्न नमिल्ने चिनियाँ वैज्ञानिकहरूको भनाइ छ।

चीनमा १७ प्रजातिका मुसाहरू पाइएका छन्। यो प्रजाति थपिएकामा वैज्ञानिक काई हीले खुसी व्यक्त गरेका छन्। त्यसो त यो नयाँ प्रजाति सन् २०१८ मा नै फेला पारिएको हो। त्यसयता यसको डिएनए अध्ययन गर्दै जाँदा अन्य १७ प्रजातिका मुसाभन्दा यो फरक रहेको पत्ता लागेको हो।

तपाईं हामीलाई यो खबरले खासै फरक नपार्ला तर मुसाे अध्ययनमै जीवन बिताएकी सोफी लुन्ड रास्मसिनका लागि भने यो खबर उत्साहप्रद हो। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा मुसाका विषय पढाउने उनी भन्छिन्, ‘नयाँ फेला पारिएको प्रजातिका बारेमा म थप जान्न इच्छुक छु।’

-अच्युत कोइराला

प्रकाशित: २ पुस २०८० ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App