२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२४ घन्टादेखि हराइरहेकी बालिका मृत अवस्थामा भेटिइन्

धनुषामा हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन्। धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादव पछिल्लो २४ घन्टादेखि हराइरहेकी थिइन्।  

उनको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बिहीबार बेलुका ७ बजे उनको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए। शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान सुरु गरिएको उनले बताए।

प्रकाशित: २९ मंसिर २०८० ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App