२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपरथी सिग्देल रथीमा बढुवा

सरकारले उपरथी अशोक सिग्देललाई रथिमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथिमा बढुवा गरेको हो।

नेपाली सेनाको सिफारिस तथा रक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले  बढुवा गरेपछि भावी प्रधानसेनापति हुने बाटो खुलेको हो। सिग्देल  २०८१ भदौ २४ गतेदेखि नेपाली सेनाको कमान्ड सम्हाल्ने छन्।

तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकमा अवकाश पाएपछि रथी पद रिक्त रहेको थियो। उनीभन्दा सिनियर ताराध्वज पाण्डेको उमेर विवाद भएपछि राजीनामा दिएकाले उनको बढुवा सिफारिस भएको थियो।  

प्रकाशित: २८ मंसिर २०८० ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App