१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सेवा लम्साल बनिन् सचिव

मन्त्रिपरिषद्ले सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ। नेपाल परराष्ट्र सेवा समूह करणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव लम्साललाई बढुवा गर्ने  निर्णय गरेको हो।

यससँगै लम्साल परराष्ट्र सेवा समूहबाट सचिवको जिम्मेवारीमा पुग्ने पहिलो महिला बनेकी छन्।

सन् १९४८ मा पहिलो परराष्ट्र सचिव सरदार नरेन्द्रमणि आचार्य दीक्षितदेखि भरतराज पौड्यालसम्म ७२ वर्षमा २४ जना सचिवले परराष्ट्रको प्रशासनिक कमान्ड सम्हाल्दै गर्दा २५औँ सचिवका रूपमा लम्सालले पहिलो महिला सचिवका रूपमा मन्त्रालय सम्हाल्ने भएकी छन्।

सरिता दवाडी ,लिलादेवी गड्तौला, प्रमिलादेवी बज्राचार्य, देवकुमारी गुरागाईँ, लक्ष्मी बस्नेत, राधिका अर्याल छिन। यस्तै महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षक विन्दु विष्ट र सर्वोच्च अदालतमा रजिस्ट्रार निर्मला पौडेल सचिव सरहको हैसियतमा कार्यरत छन्।

बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्नुको साथै विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्य योजना, २०८० स्वीकृत गरेको छ।

प्रकाशित: २८ मंसिर २०८० ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App