८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मानव अधिकार तथा शान्ति समाजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

क्याप्शन

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले मानव अधिकार दिवस १० डिसेम्बरका सन्दर्भमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम मंसिर २३ गते सम्पन्न गरेको छ।

२०८० मंसिर १७ गते अपाङ्गता भएकाहरूका लागि अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा गोकर्णेश्वर स्थित स्वास्थ्य समाज नेपालमा आश्रयरत बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि खाद्यान्न उपलब्ध गराएको शाखाका सभापति भगवान पुडासैनीले जानकारी दिए।

सो अवसरमा आयोजित प्रभातफेरीमा समेत शान्ति समाज काठमाडौं शाखाको तर्फबाट सहभागिता जनाइएको  थियो। यसैगरि २०८० मंसिर  १८ गते मानव अधिकार दिवसका सन्दर्भमा गोकर्णेश्वर ६ स्थित लर्डस लाईट स्कुलमा अध्ययनरत १२५ भन्दा ज्यादा बिद्यार्थीहरुलाई विश्वव्यापी उष्णतालाई कमी गर्ने उपायका बारेमा चर्चा गरिएको थियो भने लागू औषध दूब्र्यशनका बारेमा समेत विद्यार्थी माझ विशेष छलफल गरिएको थियो।  

यसैगरि २०८० मंसिर  १९ गते विश्व स्वयंसेवक दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाको तर्फबाट वाग्मती सफाइ गर्नुका साथै बृक्षरोपण र असहाय गाईबाछालाई भोजन खुवाउने काम समेत सम्पन्न भएको थियो।  

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत २०८० मंसिर  २० गते कागेश्वरी मनोहरा, मुलपानी स्थित बाल गीताञ्जली मा.बि.का कक्षा ९ र १० मा अध्ययनरत १२५ विद्यार्थीहरूका लागि विशेष चेनामुलक कार्यक्रम सञ्चालन गरिएको थियो। यसै बिच २०८० मंसिर  २१ गते भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा भ्रष्ट्राचार अन्त्यका लागि सामाजिक दायित्व विषयमा विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो।  

उक्त कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, समाजसेवी, नागरिक समाजका प्रतिनिधि, पत्रकार, शिक्षक लगायतका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। यसै सन्दर्भमा २०८० मंसिर  २२ गते सेलिब्रशेन कोएडमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुका लागि १ घण्टा लामो विशेष कक्षा संचालनगरिएको थियो। कार्यक्रममा बिद्यार्थीहरु माझ मनोवैज्ञानिक तवरमा लागू औषध दुर्व्यसन र सफाइ अभियानका बारेमा जानकारी गराइएको सभापति पुडासैनीले बताए।  

प्रकाशित: २५ मंसिर २०८० ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App