२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना

फाइल तस्बिर

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन।उनी शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना भएका हुन।

प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ।स्वास्थ्य परीक्षणका क्रममा उनलाई निमोनिया पनि देखिएको फुयाँलले जानकारी दिए।

उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको निजी सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८० १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App