१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा चिसोबाट मर्नेको संख्या २३ पुग्यो, परिवारलाई १ लाख सहयोग

रौतहट – रौतहटमा अत्याधिक चिसोको कारण कठ्याग्रिएर डेढ महिनाको नवजात शिशुसहित २ जनाको ज्यान गएको छ। यससँगै चिसोबाट रौतहटमा मर्नेको संख्या २३ पुगेको छ।

कठ्याँग्रिदो चिसोबाट मंगलबार राति गौर नगरपालिका वडा नम्बर ७ सिसवाटोलका भाग्यनारायण दुबेको डेढ महिनाको नवजात नाति अनुराग दुवे र गरुडा नगरपालिका ५ महम्मदपुरका ५१ बर्षीय तेजा ठाकुर हजामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नवजात शिशु आफनो आमासंग सुतिरहेको अवस्थामा कठ्याँग्रिएर मुर्छित भएपछि उपचारको लागि तत्कालै गौर आस्पतालमा ल्याउदै गर्दा बाटोमै उनको ज्यान गएको जिल्ला अस्पताल गौरले जनाएको छ। यसैगरी खाना खाएर सुत्न गएका ५१ बर्षिय हजामको चिसोबाट कठ्याँग्रिदा एक पटक पाखाला र बान्ता भएपछि बेहोस अवस्थामा अस्पताल लैजादै गर्दा बुधवार विहान उनको मृत्युु भएको छ।

चिसोबाट रौतहट जिल्लाका विभिन्न स्थानीय तहका गाउँहरुमा गरी अहिलेसम्म २३ जनाको ज्यान गइसकेको जानकारी रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले बताएका छन्।

जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले चिसोबाट ज्यान गुमाएका मृतक परिवारका सदस्उहरुलाई जनही एक लाखको दरले राहत उपलब्ध गराइरहेका छन्। नेपाल सरकारको निती अनुरुप जिल्ला प्रशासन कार्यालय रौतहटले मृतक परिवारलाई जनही एक लाख नगद सहयोग दिइरहेको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए। बुधवार सम्म ११ जना मृतक परिवारलाई राहत सहयोग दिइसकेको उनले बताए।

प्रकाशित: ३ माघ २०७४ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App