१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

प्रस्तावित ६ न्यायाधीशहरुको सुनुवाइ मंसिर २९ मा

प्रस्तावित छ न्यायाधीशहरुको सुनुवाइ २९ मंसिरमा मात्र हुने भएको छ। 

संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग आइतबार उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो।

प्रस्तावित छ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए। उनीहरूसँगको छलफल सकिएपछि २९ गतेका लागि सुनुवाइको समय तोकिएको छ।

न्यायपरिषद्को ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो।

प्रकाशित: २४ मंसिर २०८० १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App