१३ असार २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, दुई घाइते

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा क्षेत्रमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

सुन्दरहरैँचा नगरपालिका–४ शुक्रबार राति साढे १० बजेतिर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ। दुर्घटनामा परी २ जना घाइते भएका छन्।

ट्रक र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का २८ वर्षीय विक्रम माझीको उपचारका क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का २५ वर्षीय भुपाल मगर र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३२ वर्षीय भीमबहादुर मगरको उपचार भइरहेको छ।

ट्रक र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका थिए। घाइते उनीहरुलाई उपचारका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको थियो। धरानमा उपचारका क्रममा माझीको मृत्यु भएको छ भने मगरद्वयको उपचार भइरहेको ट्राफिक प्रमुख न्यौपानेले बताए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो।

दुवै सवारी साधन र ट्रक चालक धनकुटा नगरपालिका–६ का ३६ वर्षीय यादव भट्टराईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखी घटनाको अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। 

प्रकाशित: २३ मंसिर २०८० १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App