१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भिरकाे ढुंगाले लियाे ज्यान

बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका-३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ।

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं. ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले बताए।

घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएका हुन्। भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटामै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए।  

प्रकाशित: २१ मंसिर २०८० ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App