१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति राजेन्द्र लिङदेनको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्ट्रमबाट नेपाल–भारत सीमा विवाद सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।   

आइतबार सामाजिक सञ्जालमार्फत लिङदेनले सीमा जस्तो संवेदनशील विषयलाई प्रधानमन्त्रीले प्रस्तुत गरेको शैली आपत्तिजनक रहेको बताएका हुन्।  

लिङदेनले लेखेका छन्, ‘प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसदको रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयलाई आज जसरी प्रस्तुत गर्नुभयो, त्यो आपत्तिजनक छ। भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ।’ 

उनले उक्त विषयमा प्रधानमन्त्री, नेपाल सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।  

प्रकाशित: १७ जेष्ठ २०८३ १८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App