१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

इटहरीमा खुकुरी प्रहार गरी वृद्ध महिलाको हत्या

सुनसरीको इटहरीमा एक वृद्ध महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ।

इटहरी वडा नं -२ राई टोलमा बसोबास गर्दै आएकी ७१ वर्षीय मधुमाया पुरीको हत्या भएको हो। सोही ठाउँका ४० वर्षे सन्तोष राईले खुकुरी प्रहार गरी पुरीको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

मधुमायाको श्रीमान्को क्यान्सरका कारण केही वर्षअघि मृत्यु भएको थियो। मधुमाया सोमबार दिउँसो २ बजेतिर गोठमा काम गरि रहेको बेला गएर सन्तोषले मधुमायालाई खुकुरी प्रहार गरेको प्रहरीले जनायो।

खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी मधुमायाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्न लगेपछि मृत्यु भएको हो।

खुकुरी प्रहार गर्ने सन्तोषलाई प्रहरीले पक्राउ गरी सकेको छ। प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार मानसिक बिरामी सन्तोषले कोही नभएको बेला काकाको घरमा भएको खुकुरी लगेर मधुमायाको हत्या गरेको खुलेको छ।

मधुमाया अरु बेला पनि सन्तोषसँग डर लाग्ने गरेको गाउँलेसँग बताउने गर्थिन्। सनक चलेका बेला यसअघि पनि सन्तोष मधुमायासँग झम्टेर जाइ लाग्ने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: १८ मंसिर २०८० १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App