२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

संस्कृतिले देशको भकारी भरिएको छ: पूर्व रक्षामन्त्री उप्रेती

पूर्व रक्षा मन्त्री तथा सांसद हरि उप्रेतीले देशको भकारी संस्कृतिले भरिएको बताएका छन्। 

सर्लाहीको बरहथवामा ‘बरहथवा परिचय र महानन्द झा’ कृतिको लोकार्पण र कृतिकार सञ्जय साह मित्रलाई सम्मान गर्दै  उप्रेतीले आर्थिक रुपले केही कमजोर भए पनि नेपाल संस्कृतिमा सम्पन्न रहेको बताएका हुन्।

‘हाम्रा ऋषि मुनिहरु पुगेको ठाउँमा अहिले आएर बल्ल विज्ञान पुगिरहेको छ’ उनले भने ‘हाम्रै देशमा सबै सांस्कृतिक सम्पदा रहेकाले अरुको संस्कार र संस्कृतिलाई भित्र्याउनु गलत हुन्छ’ 

भौगोलिक, भाषिक तथा सांस्कृतिक विविधता भएको देशको रुपमा नेपाल आदिकालदेखि संस्कृतिमा सम्पन्न रहेको उनले बताए।

कार्यक्रममा कृतिकार मित्रले बरहथवाको सामान्य इतिहास आएको र अझ खोज अनुसन्धान जारी रहेको बताउँदै कृति अध्ययन गरेर सुझाव दिनको लागि आग्रह गरेका छन्।

प्रकाशित: १६ मंसिर २०८० १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App