१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार दिउँसो लहानबाटै पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले जानकारी दिए।

वन कार्यालयले बुधबार लहान नगरपालिका-१५ चुरे सिरानको खुट्टी खोलामा अवैध दोहन गरिएको दुई वटा एक्स्काभेटर नियन्त्रणमा लिएको थियो। तत्काल फरार भएका चालकहरू सिरहाको कर्जन्हा नगरपालिका-२ का विन्देश्वर कुमार महतो र सप्तरीको सुरुङ्गा नगरपालिका-१ का अजय चौधरीलाई बिहीवार पक्राउ गरेको थियो।

फिल्ड इन्चार्ज चिनियाँ नागरिक भने फरार थिए। उनलाई पक्राउ गरी वन डिभिजन कार्यालयको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान सुरू गरिएको छ।

पक्राउ परेका अपरेटरहरूका अनुसार चाइना कम्पनीले माटोको सतह नआउन्जेलसम्म गहिरो उत्खनन गर्न भनेको बताए। स्रोतका अनुसार अवैध ठेक्का र उत्खननका लागि मोटो रकममा सेटिङ मिलेको छ। वन कार्यालयको हस्तक्षेपपछि अवैध उत्खनन रोकिएको छ।          

प्रकाशित: १५ मंसिर २०८० ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App