१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

फोहोरको थुप्रोमा भेटियो जुम्ल्याहा शिशुको शव

संकेतिक तस्बिर।

फोहोरको थुप्रोमा नवजात जुम्ल्याहा शिशुको शव भेटिएको छ।

सर्लाहीको मलंगवा नगरपालिका-९ स्थित सडक छेउमा थुपारिएको फोहोरमा नवजात जुम्ल्याहा शिशुको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपि तथा प्रवक्ता दीपेन्द्र पंजियार थारुले नवजात शिशुको शवलाई प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याइएको र घटनाबारे गहन छानबिन सुरु गरिएको बताए।

करिब ६ महिनाको गर्भे दुई शिशुलाई गर्भपतन गराएर फालिएको पूर्वानुमान रहेको छ। अवैध सम्बन्धबाट गर्भ रहन गएको आशंका गर्दै डिएसपि थारुले दोषीलाई यथाशीघ्र कानुनको कठघरामा उभाइने बताए।

सदरमुकाम मलंगवामा समय समयमा नवजात शिशुको शव फेला पर्ने गरेकाे छ। जसले प्रहरीलाई थप चुनौती थपिदिएकाे छ।

सदरमुकाम मलंगवामा संचालनमा रहेका कानुन विपरीतका निजी अस्पताल तथा अवैध क्लिनिकहरुमा अवैध रुपमा गर्भपतन हुने गरेको छ। 

दुई शिशुको शव एक साथ फोहोरको थुप्रोमा भेटिएपछि कानुन विपरीतका अस्पताल तथा अवैध क्लिनिकमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको स्थानीयको भनाइ छ।

भारतसँग सिमाना जोडिएको मलंगवा बजारमा रहेका क्लिनिकहरुमा भारतबाट पनि अवैध गर्भपतन गराउन आउने गरेका छन्।

प्रकाशित: ११ मंसिर २०८० १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App