७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

'ड्रागन’ खेती बन्दै छ सरकारी अधिकृतको अवकाश पछिको आम्दानीको स्रोत

उनी पेसाले सरकारी सेवाका अधिकृत हुन्। उनको जागिर नियमित छ। सरकारी तलबले उनको खर्च चलेकै छ। तर उनले जागिरपछिको अवकाश जीवनलाई सरल बनाउने उपाय खोजिसकेका छन्। अवकाश जीवन पनि व्यस्ततामा बितेको भन्ने चाहनाले कृषि पेसामा जग हाल्दै छन्। ड्रागन फलको खेतीलाई आफ्नो अवकाश जीवन चलाउने माध्यम बनाऊन पहल गरिरहेका छन्।

अवकाश पछिको आम्दानी सुरक्षा गर्ने उद्देश्यका साथ धान खेती छोडेर उनले गत वर्षबाट ड्रागन फ्रुट खेती रोजेका छन्। यो खेती सुरु गरेका हुन् झापा कन्काइ ४ का बद्री दाहालले उनलाई साथ दिएकी छिन् उनकी पत्नी जुनु अधिकारीले।

नियमित धान खेती गरिरहेको तीन कठ्ठा जमिनमा उनले गत वर्ष ड्रागनको बिरुवा रोपेका हुन्। तीन कठ्ठा जमिनमा धानखेतीवाट प्रतिवर्ष पाँच हजार आम्दानी बराबरको धान उत्पादन हुन्थ्यो भने ड्रागन खेतीबाट प्रतिवर्ष १० लाख रुपैंया आम्दानी हुने लक्ष्य लिएका छन्। रोपेको तीन वर्षमा फल्न सुरु हुनु पर्ने यो खेतीमा उनको भने पहिलो वर्षमै ५० केजी फलिसकेको छ। उनले अर्को वर्षदेखि धेरै फल्ने आशा लिएका छन्। तीन वर्ष पुगिसक्दा वर्षको १० लाख पुग्ने गरी फल्ने कुरामा ढुक्क छन्।

चिनजानका आफन्तहरूले यो खेती गरेको सुनेपछि एक वर्षसम्म यो खेतीको बारेमा अध्ययन, जानकारी र भ्रमण गरेपछि मात्र अर्को वर्ष बिरुवा लिएर सुरु गरेका हुन्। यो फलको लागि जरामा एक डोको र जरा बाहिर एक डोको मल गरी हरेक बिरुवामा दुई डोको कम्पोस्ट मल राखेका थिए। बिरुवा लहराउँर्दै जाने भएकोले हरेक बिरुवामा फलामको पोल राखेका छन्। यो बलियो पिलर ड्रागन फलको तौल धान्ने गरी व्यवस्थापन गरेका हुन्। एउटा पोलमा चार वटा बोट जोडिएको हुन्छ। एउटा पोलमा ३० देखि ५० केजी धान्ने गरी ड्रागन फल फल्छ।  

उनीसँग ५ सय ४ वटा बोट र १ सय २६ वटा पोल राखिएको छ। यो हिसाबले प्रति वर्ष १० लाख आम्दानी हुने अनुमान गरेका हुन्। बजारमा एक केजी ड्रागनको ३ सय ५० देखि ४ सय रुपैयाँ पर्छ। यो बोटको सुरक्षाको लागि उनले नियमित रूपमा गाइको बेला–बखत गाइको गहत र पानी राख्छन् । समय–समयमा बोट वरिपरि मल।  

यो तरिकाबाट फलेको फल अर्ग्यानिक र मिठो हुने उनको दाबी छ। ‘यो फलको लागि कुनै पनि रसायन प्रयोग हुँदैन’ उनले भने। यो खेती असारदेखि फल्न सुरु गरी मङ्सिरसम्म फल्छ। ड्रागन फ्रुटको फल्ने आयु २५ वर्षसम्म हुने भएकोले पच्चिस वर्षमा धेरै लाभ लिन सफल हुने उनले बताए। ‘नियमित रूपमा पच्चिस वर्ष फलेमा मेरो अवकाश जीवन उसै सजिलो हुन्छ,’ उनले भने।

उनी दिउँसो जागिरमा जान्छन्। उनकी पत्नी जुनुले नियमित पानी राख्ने तथा हेरचाह गर्ने काम गर्छिन्। ड्रागन फ्रुटलाई संरक्षण गर्न लगाइएको बारमा घिरौँला,सिमी,बोडी,लौका जस्ता लहरे बाली लगाएर थप लाभ लिएको अधिकारीले सुनाए। भित्री भागमा भने खरबुजा रोपेर पनि लाभ पाएको उनले सुनाए। ड्रागन खेतीको अनुभवपछि अधिकारी दम्पतीले पानी नजम्ने जग्गा छ भने ड्रागन फुड रोपेर लाभ लिन सकिने सुझाए। ‘पाहुना जाँदा पनि यही फल लिएर जान मिल्छ, बिक्री गर्न पनि गाह्राे छैन्।ो छैन,’ उनले भने।

उनीले धान खेती गर्दै आएको थप १२ कठ्ठा जमिनमा सुपारी रोपेका छन्। प्रति सुपारीबाट एक वर्षमा १ हजार आम्दानी हुन्छ। ५ सय बाेटवाट वर्षमा ५ लाख आम्दानी गर्छन्। जुनसुकै खेती पनि व्यावसायिक गरेमा खर्च धान्न गाह्रो नहुने अधिकारी सुझाउँछन्। ‘अध्ययन गरेर खेती व्यवसाय गरेमा घाटा हुने देख्दिन,’ उनले भने।

प्रकाशित: ११ मंसिर २०८० ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App