१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका ६ मा बाघको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन।

मनहरी ६ खयरघारी नजिकै रहेको राप्ती र लोथरखोलाको मध्यवर्ती क्षेत्रमा खर काट्न पुगेका पौडेललाई बाघले आक्रमण गरेको हो।उनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

‘बाघले खर काट्न गएका एक व्यक्तिलाई आक्रमण गरेर मारेको छ भन्ने खबर आएपश्चात् इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएका हौँ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले भने, ‘मनहरी ६ को जंगल क्षेत्रमा घटना भएको हो।बाघ अझै त्यतै रहेको जानकारीमा आएको छ ।

मृतकको पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ।’ घटना विहान करिब १० बजेतिर भएको प्रहरीले जानकारी दिएको छ।पछिल्लो समय मकवानपुरको मनहरी क्षेत्रमा जंगली जनावरको आक्रमण बढेको छ। 

प्रकाशित: ८ मंसिर २०८० ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App