१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

एम्बुलेन्सले ठक्कर दिँदा पैदल यात्री घाइते

विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोकमा एम्बुलेन्सले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका छन्।

मंगलबार राति पौन ८ बजेतिर एम्बुलेन्सले पदैल यात्रीलाई ठक्कर दिनुका साथ पार्किङ गरेर राखेको मोटरसाइकल र स्कुटरलाई समेत ठक्कर दिएको थियो।

लायन्स क्लब अफ विराटनगरको एम्बुलेन्सले ठक्कर दिँदा पैदल यात्री सुनसरीको रामधुनी–२ का २५ वर्षीय कान्छा ऋषिदेव घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनले घाइते भएका ऋषिदेवको अवस्था सामान्य रहेको र हाल कोसी अस्पतालमै उपचार भइरहेको बताए।

सडकमा अनियन्त्रित हिसाबले गुडिरहेको को १ च ४१५८ नम्बरको एम्बुलेन्सले कोशी अस्पताल अगाडि दुर्घटना भएको थियो। एम्बुलेन्सले ठक्कर दिँदा पदैलयात्री घाइते भए भने सडकमा पार्किङ गरेर राखिएका २ वटा मोटरसाइकल र २ वटा स्कुटर क्षतिग्रस्त भएका छन्। एम्बुलेन्समा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट लायन्स क्लब अफ विराटनगरद्वारा सञ्चालन एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको खुलेको छ।

एम्बुलेन्सले ठक्कर दिँदा सडकमा पार्किङ गरेर राखिएका को ३३ प ५८१८ र प्रदेश–१–०२–०४४ प १०४१ नम्बरको मोटरसाइकल तथा को २७ प ४५५२ र को २५ प २३६८ नम्बरको स्कुटरमा पूर्ण रूपमा क्षति पुगेको छ।

एम्बुलेन्स चालक मोरङको रतुवामाई नगरपालिका–५ का २९ वर्षीय सफुल मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। चालक मुर्मुले मादक पदार्थ सेवन गरेर चलाएका कारण अनियन्त्रित बनेको एम्बुलेन्सले दुर्घटना गराएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८० १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App