१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

फोहरबाट मल र ग्यास उत्पादन गरिँदै

धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्ने भएको छ। प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन भए दैनिक एक सय सिलिण्डर ग्यास, तीन हजार पाँच सय किलो जैविक मल र एक हजार पाँच सय किलो झोल मल उत्पादन हुने छ।

जिप दुर्घटना हुँदा दुईको मृत्यु

रुकुम पश्चिमको चौरजहारीबाट खलंगा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको निधन भएको छ। घाइते मध्ये सात जनालाई हेलिकप्टरमार्फत कोहलपुर पु¥याउँदा एक जनाको उपचार सुर्खेतमा हुँदै छ।

ट्रकको ठक्करबाट दुईको मृत्यु

रुपन्देहीको ड्राइभरटोलमा आज दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित दुई जनाको निधन भएको छ। तिलोत्तमा नगरपालिका–१ का माधवलाल देवकोटा र तिलोत्तमा–२ जानकीनगरका यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलको भनाइ छ।

अन्तर्राष्ट्रिय माउण्टेन बाईक रेस हुँदै

बिहीबारदेखि सुरु हुने पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक रेस प्रतियोगितामा ११ देशका ५५ साईक्लिष्टले प्रतिस्पर्धा गर्दै आएको छ। महिला ओपन तथा इ–बाईक गरि ७ विधामा हुने प्रतिस्पर्धा मध्ये इ–बाईक रेस नेपालमै पहिलो पटक भएको आयोजकको दाबी छ।

बढी भाडा लिने सवारी कारबाहीमा

चाडपर्वको मौका छोप्दै यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनलाई कारबाही गर्दै बढी लिएको रकम फिर्ता लिइएको छ। ४ सय ४० जना यात्रुसँग लिएको बढी भाडा वापतको एक लाख १३ हजार ६७० रुपैयाँ फिर्ता गराइएको बागमती प्रदेश प्रहरी कार्यालयको भनाई छ।

छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई बिहानै अर्घ्य चढाएसँगै सोमबार विधिपूर्वक रूपमा यस वर्षको छठ पर्व सम्पन्न भएको छ। छठको पहिलो दिन नहाय खायु र दोस्रो दिन खरना गरेका व्रतालुहरूले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका थिए।  

इलाम गोल्डकप माघ ६ देखि

नेपालसहित देशबाहिरका आठ टिम सहभागी हुने ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता माघ ६ देखि १३ सम्म सञ्चालन हुने भएको छ। फागुन–चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित भएको छ।

प्रकाशित: ४ मंसिर २०८० १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App