२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लाहानमा छठ पूजासँगै भारत र अस्ट्रेलियाबीचको खेल हेर्ने व्यवस्था

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आज घरेलु टिम भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने खेलमा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको छ। भारत र अस्ट्रेलियाबीचको खेलले धेरैको ध्यान तानेको छ।

यसैबिच लाहानमा भने छठको पूजा स्थलमै क्रिकेट हेर्ने व्यवस्था मिलाइएको छ। लहानको रघुनाथपुर पोखरीमा छठ पूजासँगै भारत र अस्ट्रेलियाबीचको खेल हेर्ने व्यवस्था मिलाइएको हो।

रघुनाथपुर पोखरी छठ पूजा समितिका अध्यक्ष भुवनेश्वर महतोले छठ पूजासँगै क्रिकेट हेर्ने व्यवस्था मिलाइएको बताए।

उनका अनुसार छठ घाटमा बस्ने श्रद्धालुको मनोरञ्जनका लागि भारत र अस्ट्रेलियाबीचको विश्वकप क्रिकेटको फाइनल खेल हेर्ने व्यवस्था मिलाइएको हो।

छठी घाटमा क्रिकेट विश्वकप फाइनल म्याच हेर्ने व्यवस्था मिलाएको लहानको रघुनाथपुर पोखरी घाट पहिलो हो।

प्रकाशित: ३ मंसिर २०८० ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App