७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कालिकोटमा झडप: प्रहरी सहित १२ घाइते, ११ पक्राउ

जिल्लाको महावै गाउँपालिकामा दुई समूह बिच झडप हुँदा १२ जना घाइते भएका छन्। 

वडा नं ७ को राम्नी गाउँमा भाइटिकाको दिन नाचगान चलिरहेको अवस्थामा गीत बजाउने डिजे (बुफर) का विषयमा भएको विवाद झडपमा परिणत भएको थियो।

घटना भएको जानकारी पछि त्यहाँ पुगेको प्रहरी टोली माथि पनि युवाहरूले आक्रमण गर्दा तीन जना प्रहरी समेत घाइते भएका थिए।

सुरुमा राम्नीका धनजय चौलागाईँको घरमा विवाद भएको र त्यहाँ उनी सहित वर्ष ३३ कि रमिता चौलागाईँ, वडा नं २ बस्ने वर्ष १६ का सोबिन सुनार, वर्ष २९ का मोहन बिक र राम्नी ७ का राजु सुनार बिच झडप भएको थियो।

उक्त झडपलाई नियन्त्रण गर्न त्यहाँ पुगेको प्रहरी टोली माथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ। स्थानीयको आक्रमणबाट प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार महेन्द्र शाही, प्रहरी सहायक हवल्दार किशोर रजवार र प्रहरी जवान वीरेन्द्र शाही घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीका अनुसार विवाद भएको सूचना पछि पाद्माघाटवाट हवल्दारको नेतृत्वमा प्रहरी त्यहाँ पुगेर घटनाका बारेमा जानकारी लिइरहेका बेला मदिराले मात्तिएका युवाले प्रहरी माथि नै आक्रमण गरेका थिए।

आक्रमणमा परेका प्रहरीको प्राय खुट्टामा चोट लागेको उनको भनाइ छ। प्रहरी माथि आक्रमण पछि पाद्माघाट प्रहरी चौकीबाट हतियार र गोली, प्रहरी चौकी गेला र चिल्खायाबाट थप प्रहरी टोली गइ घाइते प्रहरीको उद्धार गरिएकाे जनाइएको छ। 

दुई समूह बिचको झडपमा परेर घाइते भएका सबैको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा महाबै गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनजय चौलागाईँ, वर्ष ३३ की रमिता चौलागाईँ, वर्ष २२ का कमल चौलागाई रहेका छन्।

यस्तै महाबै गाउँपालिका २ बस्ने वर्ष १९ का दीप बि.क, वर्ष २४ का सर्जन बि.क, वर्ष २५ का घमन बि.क, वर्ष २७ का करण शाहीको पनि जिल्ला अस्पताल उपचार भइरहेको छ। उनीहरूको पनि हातखुट्टामा चोट रहेको बताइएको छ।

११ जना प्रहरी नियन्त्रणमा

गाउँमा प्रवेश गरेर आँतक मच्चाउने ११ जनालाई प्रहरीमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

पक्राउ पर्नेमा महावै ७ का वर्ष २२ का प्रकाश सुनार, वर्ष १८ का राकेश सुनार, वडा नं २ का वर्ष २४ का हरि कामी, वर्ष २० का लोकेश बिक, वर्ष २१ का प्रकाश काफ्ले, वर्ष २८ का मोहन बिक, वर्ष २४ का वीरेन्द्र बिक, वर्ष २४ का अग्नि प्रसाद काफ्ले, वर्ष २१ का भरत सुनार, वर्ष १८ का नवीन सुनार, वर्ष १९ का जनक बि.क रहेका छन्।

प्रकाशित: २ मंसिर २०८० ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App