१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

साथी बनेर वरुणको हत्या: ८ जना पक्राउ, तीन अझै फरार

गुलरिया नगरपालिका ५ स्थित सुहेलवा गाउँमा २० वर्षीय वरुण घिमिरेलाई खुडा प्रयोग गरेर हत्या गर्ने ८ जना पक्राउ परेका छन्। तीन जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ।

लक्ष्मी पुजाको मध्यरातमा गुलरिया नगरपालिकाको वडा नं. ६ बस्ने २० वर्षीय  घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउँ गरेको प्रहरी उपरीक्षक(एसपी) सुधिरराज शाहीले बताए। उनका अनुसार तीन जना फरार रहेका छन्।

पक्राउ पर्नेमा सुलभ थापा,धिरज ठाकुर,दिपेश बुढामगर,सन्दिप थारु र दिनानाथ चौधरी रहेको उनले जानकारी दिए। प्रहरीका अनुसार सहयोगी भूमिकामा नाम खुलेका रोशन थापा, निश्चल थापा क्षेत्री, तर्क भण्डारीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। फरार रहेका सुयेश थापा, आलोक आश्रित, सुमन सुनारको भने प्रहरीले खोजी गरिरहेको छ। हत्याका आरोपीबाट प्रहरीले धारिलो हतियार चक्कु, चिर्पट दाउरा, हेलमेट लगायतका सामाग्री बरामद गरेको छ।

साथी बनेर हत्या योजना ?

दुई वर्ष अघि हत्याका मुख्य अभियुक्त शुलभ थापा र वरुण घिमिरे बिच सामान्य कुटपिट भएको थियो। समाजले सामान्य कुटपिट भएको भन्दै शुलभ र घिमिरेको झगडा मिलाएको खुलेको छ। निर्वाचनको अवधिमा हत्याका मुख्य अभियुक्त शुलभ निर्वाचनका लागि म्यादी प्रहरीमा खटिएका थिए। झगडा भएको लामो समय भएकाले शुलभ र बरुण दुबै पक्षले रिस साध्ने कम सम्भावना भएको आकलन गरिएको थियो। सुलभले समेत पुरानो रिसिबि बदलाको भावना नरहेको बताउने गरेका थिए। त्यस यता सुलभ र बरुण रिसिबि दोस्तीमा परिणत भइसकेको प्रहरीको भनाइ छ।  

लक्ष्मी पूजाको दिन बरुण र शुलम छुट्टाछुट्टै भएर देउसी भैलो खेल्न हिँडेको अवस्थामा मुख्य अभियुक्त शुलभले गुलरिया नगरपालिका ५ स्थित कृषि बिकास बैक नजिक  बरुणलाई देखेका थिए। बदलाको भावना लिएर शुलभ पछि लागेर धारिलो हतियार देखाएर बरुणलाई नियन्त्रणमा लिएको खुलेको छ। (१२ः३०)बजे मध्यरातमा साथीको नाटक गरेर बरुणलाई शुलभले सुहेलवा गाउँ नजिक एकान्तमा जुस फ्याक्ट्री नजिक  लिएर गएपछि उक्त घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। धारिलो हतियार बरुणको घाटीमा तेर्साएर शुलभले वरुणका साथी २० वर्षीय रन्जन कुवर र २१ वर्षीय मोहित पुनलाई समेत घटनास्थलमा बोलाएका थिए। वरुणका (मोहित र रन्जन) साथीलाई बोलाउँदा शुलभले बरुणको मोबाइल प्रयोग गरेका पाइएको छ।

मोहित र रन्जन आउने बेलासम्म शुलभले अन्य साथीलाई बोलाएपछि बरुण, रन्जन र मोहित माथि निर्मम तरिकाले आक्रमण गरेको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन्। शुलभ लगायतले बरुणको हत्या गर्ने उद्देश्यले हेलमेट,चिर्पट र खुडा (चक्कु) बारम्बार प्रहार गरेको खुलेको छ। बरुणको मिल्ने साथी भएकाले शुलभ लगायतले रन्जन र मोहितलाई आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी उपरीक्षक(एसपी शाही)का अनुसार गम्भीर घाइते मोहित र रन्जनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए।

हत्या आरोपी अधिकांश २० बर्ष मुनिका

बरुणको हत्यामा संलग्न हत्या आरोपी एक जना धिरज ठाकुर २४ वर्ष उमेरका छन् भने अन्य २० वर्ष मुनि उमेर समुहमा रहेको पाइएको छ। प्लस टु मा मा अध्ययनरत अधिकांश युवा वरुणको हत्यामा संलग्न रहेको खुलेको छ। मुख्य अभियुक्त शुलभ र धिरज को उमेर २३ र २४ वर्ष छ भने अधिकांश १८ वर्ष देखि २० वर्षका हत्यामा संलग्न देखिन्छन्। मुख्य अभियुक्त शुलभले पढाई छाडेको भएपनि अधिकांश अन्य अभियुक्त प्लसटुमा अध्ययनरत विद्यार्थी हुन्।

हत्यामा दाजु र भाइ संलग्न

बरुणको हत्यामा दाजु(शुलभ) र भाइ(सुयश) संलग्नता रहेको पाइएको छ। घटनामा भाइ(सुयश) समेत अभियुक्तका रुपमा देखिएका छन्। मुख्य अभियुक्त (दाइ)शुलभलाई मधुवनमा ओरालि बजार नजिकको जङ्गलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। हत्याका अर्का मुख्य अभियुक्त (भाइ)सुयेश लगायत अन्य दुई फरारलाई  प्रहरीले खोजी गरिरहेको जनाएको छ। नेपाल र भारतको सीमावर्ती लगायता सम्भावित ठाउँमा प्रहरी खोजी गरिरहेकाले प्रहरी हत्यामा संलग्नको नजिक पुगिसकेको एसपी शाहीले दाबी गरे। 

प्रकाशित: १ मंसिर २०८० ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App