१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले पुरिएका चालकको २४ घण्टा पछि शव निकालियो

कालिकोटमा सडक निर्माणका क्रममा पहिरोले पुरिएका  एक्स्काभेटर चालकाको २४ घण्टा पछि शव निकालिएको  छ।

हिजो शुक्रवार कर्णाली कोरिडोरको कालेखोला–खुलालु खण्ड विस्तारका क्रममा माथिबाट खसेको चट्टानसहितको पहिरोले पुरिएर चालक धीर प्रसाद सञ्ज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन केसीले जानकारी दिए।

२६ वर्षीय सञ्ज्याल पचालझरना–८, खडितोलीका स्थायी बासिन्दा हुन्।हिजो शुक्रवार पहिरो गए पनि आज शनिबार  मात्र मृतकको शव निकालिएको हो।

कोरिडोरको जिरो किलोमिटरमा पर्ने कालेखोला खण्ड सडक डिभिजन कार्यालय जुम्लाले गत वर्षदेखि सडकको स्तरोन्नतिको काम गरिरहेको थियो। साँघुरो र अप्ठेरो ठाउँमा सडक डिभिजन कार्यालय जुम्लाले ठेक्कामार्फत काम गराइरहेको छ।

प्रकाशित: २५ कार्तिक २०८० ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App