४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आज सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

आज पनि देशका उच्च पहाडी भू–भागमा मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जनाएको छ।  

यस्तै गण्डकी, कर्णाली र सुदूर–पश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति  भने देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

कर्णाली र सुदूर–पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूर–पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरु र बांकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले गण्डकी, कर्णाली र सुदूर–पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूर–पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आग्रह गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८० ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App