१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पटाखाजन्य पदार्थ नियन्त्रणमा प्रहरीको विशेष निगरानी

प्रहरीले पटाखा भित्रन नदिन जिल्लाका सीमा नाकाहरुका निगरानी बढाएको छ। तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाखाजन्य पदार्थको नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाएको हो।  

बढी मुनाफा पाउने भए पछि व्यापारीहरुले विभिन्न नाकाबाट लुकीछिपीरुमा पटाखा भित्र्याउने गरे पछि प्रहरीले त्यसलाइ निस्तेज पार्न नाकाहरुमा निगरानी बढाएको हो।

गत कार्तिक १० देखि १७ गते सम्म एक हप्ताको अवधिमा प्रहरीले सिमा नाका र आसपासका क्षेत्रमा ८ लाख बढीको पटाका बरामद गरेका प्रहरी उपरिक्षक गंगा बहादुर थापाले बताए। ईलाका प्रहरी कार्यालय पडकीले मात्र १५ गते देखि १७ गतेको बिचमा गैर कानुनीरुपमा भारतबाट भित्राइएका ३ पटक गरी साढे ६ लाखको पटाका बरामद गरेको छ।  

गत एक साताको अवधिमा ११ पटकमा ८ लाख बढीको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यायले जनाएको छ। ‘हामीले नाकाहरुमा पटाखाका भित्रन नदिन बिशेष निग्रानी बाढएका छौं’ प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले भने, ‘खुला सीमाका कारण रोकथामा भने चुनौती छ।’ प्रहरीले कडाई गरे पनि व्यापारीहरुले भने पटाखाहरु भित्राउने क्रम बढेको छ।  

तिहारको आगमनसंगै कपिलवस्तुमा विस्फोटजन्य  पदार्थको रुपमा प्रतिबन्धित पटाखाहरुको भित्रने क्रम बढेको छ। स्थानीय प्रशासनले रोक लगाए पनि पटाखा जन्य पदार्थ भित्रने क्रम रोकिएको छैन। भारतीय बजारबाट नेपाली व्यापारीहरुले त्यस्ता प्रतिबन्धीत र प्रज्वलनशिल पटाखा र बारुदहरु खरिद गरि ल्याइरहेका छन्।

मुख्यगरी जिल्लाको प्रमुख नाकाको रुपमा रहेको कृष्णनगर र सहायक मर्जादपु, चाकरचौडा लगायतका नाका बाट व्यापक रुपमा पटाखाहरु भित्रने गरेका छन्। खुला सीमाको फाईदा उठाउँदै ब्यापारीहरुले रंगपूर, भिल्मी, हथिहवादोहनी लगायतका नाकाहरुबाट पनि दैनिक लाखौं रुपैयाँको पटाका भित्र्याइरहेको स्रोतले जनाएको छ।  

प्रहरीले कढाई गरे पनि अबैध पटाकाको कारोवारीहरुले खुला सीमाको फाईदा उठाउँदै दिनहु थरीथरीका पटाखा भित्राईरहेको हथिहवा दोहीनीका एक स्थानीयले बताए। खुला सीमाको फाईदा उठाउदै पटाखाका कारोबारीहरुले दिनहुँ हजारौ मूल्यका पटाखा भित्र्याउने गरेको हथिहवा दोहनीका एक स्थाीयले बताए।  

कारोबारीहरुले ट्रकमा नेपाल भित्रिने आलु, फलफुल लगायत लुकाएर समेत भित्राउने गरेको स्रोतले जनाएको छ। यस्तै साना कारोवारीहरुले भने चिनी, अन्य सामानको झोलामा राखेर ल्याउने गरेको छन् ।भारतबाट पटाखा तथा त्यसलाई बनाउने बारुद खरिद गरि लुकिछिपी जिल्ला सदरमुकाम तथा जिल्ला बाहिर समेत पुरयाउने गरेको बताइएको छ।  

सरकारले यस्ता पटाखाजन्य पदार्थको विक्रिवितरण, ओसारपसार तथा प्रयोगमा रोक लगाउदै आएपनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन। तौलिहवा, महाराजगंज, पकडी लगातयका बजारहरुमा भित्राईएको पटाखाहरु ब्यापारीहरुले लुकाएर बेच्ने गरेको छन्। यहाँका ब्यापारीले त्यस्ता पटाकाहरुलाई रुपन्देही, दाङ्ग, पाल्पा, पोखरा लगायतका जिल्लाहरुमा समेत पुर्याउने गरेका छन्।  

विशषेतः तिहारको समयकमा पडकाईने त्यस्ता पटाकाबाट बटुवा तथा स्थानीयबासी निकै मर्कामा पर्ने गर्दछन्। अबैध पटाखा भित्रिए पछि त्यसले शान्ति सुरक्षामा समेत खलल पुग्ने र जथाभावी पडकाईने पटाखाले सर्वसाधारणहरु समेत मर्कामा पर्ने गरेका छन्। जथाभावी पटाका पडकाउनेहरुलाई कडा कारबाही गनुृ पर्ने नागरिक समाजको माग छ।  

प्रहरी र प्रशासनले पटाका, बिस्फोटजन्य पदार्थ, भूईचम्पाको आयात तथा बिक्री बितरणमा प्रतिबन्ध लगाए पनि नियन्त्रणका लागि ठोस पहल नगर्दा यस्ता अबैध कारोवार झनै बढदै गएको मावन अधिकारकर्मी बताउँछन्। उता स्थानीय प्रशसानले कपिलवस्तुमा विस्फोटजन्य पदार्थको बिक्री वितरण तथा प्रयोग गर्न रोक लगाएको छ। शान्ति सुरक्षमा खलल पुग्ने भन्दै प्रशासनले सो रोक लगाएको हो।  

नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा विगतका वर्षहरुमा आतशवाजी, भुइंचम्पा एंव पट्का जस्ता बिस्फोटक पदार्थहरुको प्रयोगवाट जन धनको क्षति भएकोले सोको प्रयोग समेत नगर्न प्रशासनले आग्रह गरेको छ। त्यस्ता बिस्फोटक पदार्थहरुको ओसारपसार, बेचविखन र प्रयोग नगर्न तथा त्यस्तो कार्य गरेको पाईएमा कानून बमोजिम कडा कारवाही गरिने बताईएको छ।

प्रकाशित: २० कार्तिक २०८० ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App