२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

३ वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभावित क्षेत्र पठाइयो

भुकम्प पीडितहरुको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ पठाईएको छ।  

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान करीव पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार पाल र ७ सय थान डोम टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो।  

उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं। २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान टेन्ट र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार पाल लिएर  ३ वटा कन्टेनर गएको सशस्त्र प्रहरी बल नेपालका प्रबक्ता सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।

यसअघि भुुकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाई सकिएको बरिस्ठ उपरीक्षक खड्काले जानकारी दिए।  

आज पनि भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले उद्दार कार्य जारी राखेको छ।

प्रकाशित: १९ कार्तिक २०८० ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App