५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

गीत सुनिरहेको मोबाइल माग्दा साथीको हत्या !

आफ्नै साथीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

मोबाइलको विषयमा विवाद हुँदा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाराका २२ वर्षीय रुपेश महराको हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई आइतबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा बस्ने २० वर्षीय पवन सहनी र २० वर्षीय हरिचरण मण्डल रहेकाे धनुषा प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए।

एसपी खड्काका अनुसार गत बुधबार बेलूका तीनै जना लागू औषध सेवन गर्न भारत पुगेका थिए। त्यहाँबाट लागू औषध सेवन पछि उनीहरु नेपाल फर्किएका थिए।

जनकपुर–जटहीको सिक्सलेनको बाटोमा मृतक रुपेशको मोबाइल मागेर हरिचरणले गीत सुन्दै थिए। पछि रुपेशले आफ्नो मोबाइल फिर्ता माग्दा दुवैबिच विवाद चर्कियो। विवाद पछि हरिचणले बाँसको भाटाले रुपेशको टाउकोमा प्रहार गर्दा उनी अचेत भए।

बाँसको भाटाबाट घाइते भएका रुपेशलाई धान खेतमा छाडेर पवन र हरिचण फरार भएका थिए। गत बिहीबार बिहानै जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा रुपेश मृत अवस्थामा फेला परेका हुन्।

रोजगारीको सिलसिलामा भारतको मद्रास बस्दै आएका रुपेश दसैँ मनाउन घटस्थापनाका दिन मात्रै घर आएका थिए। प्रहरीका अनुसार हरिचणले रुपेशलाई फोन गरेर बोलाएका थिए।

पक्राउ परेका दुवै जना माथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १२ कार्तिक २०८० १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App