२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नवजात शिशुको शव भेटियो

जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा आज दिउसो एक नवजात शिशुको शव फेला परेको छ।इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार धान काटेको खेतमा तीन चार दिनको हुनसक्ने नवजात शिशुको शव भेटिएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी विश्वराज अधिकारीले क्षतविक्षत अवस्थामा शव भेटिएको बताए।उनका अनुसार शिशुको टाउको मात्रै प्रस्ट देखिन्छ।टाउको भन्दा मुनिको शरीर टुक्रिएको अवस्थामा भेटिएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले शिशुको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखेको छ । पोस्टमार्टम पछि शिशुको डिएनए परीक्षण समेत गरिने डिएसपी अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार शवको लिङ्ग पहिचान गर्न कठिन छ। शव भेटिएको वरपर जनावरको खुट्टाका छाप देखिएका छन । जनावरले शव क्षतविक्षत पारेको प्रहरीले आशंका गरेको छ।

घटनास्थल बस्ती नजिकै रहेकाले स्थानीयले नै नवजात शिशु खेतमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । शव भेटिएको ठाउँबाट करिब तीन सय मिटरमा बस्ती रहेको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले जानकारी दिए।

प्रकाशित: १० कार्तिक २०८० १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App