१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

टिकाको तेस्रो दिनः आजपनि मान्यजनबाट आशिर्वाद ग्रहण गरिँदै

आज टिकाको तेस्रो दिन, आजपनि नेपालीहरूले मान्यजनबाट टिका, जमरा र प्रसाद आशिर्वादको रुपमा ग्रहण गरिरहेका छन्।  

बडादसैँको मुख्यदिन र हिजो टिका, जमरा र प्रसाद ग्रहण गर्न नभ्याएकाहरूले आज टिका र आशिर्वाद ग्रहण गर्दैछन्।  

विजयादशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र हरियो पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ।घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने परम्परा रहेको छ।

टिका लगाउनेहरू सडकमा हिँडडुल गरेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ। काठमाडौैँ उपत्यकाबाट गाउँ गएकाहरू पनि विस्तारै काठमाडौँ फर्किन थालेकाले पनि बजार र सडकमा भिडभाड देखिन थालेको छ।  

प्रकाशित: ९ कार्तिक २०८० ००:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App