१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सीमा नाकालाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा जोड

भारतसँग सीमा जोडिएका सीमा नाकाहरूलाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा जोड दिइएको छ। सशस्त्र प्रहरी विन्ध्यवासिनी बाहिनीद्वारा कपिलवस्तुको चन्द्रौटामा आयोजित भारतीय सीमासंग जोडिएका ६ जिल्लाका स्थानीय तहका ओडा अध्यक्ष सहभागी प्रदेशस्तरीय अन्तर्क्रियामा सीमा क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन जोड दिइएको हो।

उनीहरुले सीमा क्षेत्रमा भयरहित आवागमन र जीविकोपार्जनलाई व्यवस्थित गरेर निर्धक्क भएर बस्ने वातावरण बनाउनु पर्ने बताए। सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहकार्यले सम्भव भएकाले यसलाई अझ प्रभावकारी बनाउन जोड दिनु पर्ने आवश्यकता औँल्याइएको थियो। ओडा अध्यक्ष सहभागी प्रदेशस्तरीय अन्तर्क्रियामा सीमा क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन जनप्रतिनिधि र सशस्त्र बिचको सहयोग र सहकार्य अझ आवश्यक भएको कुरामा जोड दिइएको थियो।

कार्यक्रममा सिद्धार्थ नगर नगरपालिका वडा नम्बर १ अध्यक्ष उज्जव पोख्रेलले सीमा नाकालाई व्यवस्थित बनाउनु पर्ने बताए। उनले जन प्रतिनिधि र सशस्त्र प्रहरी बिच समन्वय गरी अघि बढ्नु पर्ने बताए। उनले सीमा क्षेत्रमा सशस्त्रको परिचालनले भारतीयबाट हुने दुर्व्यवहार रोकिएको, सीमा सुरक्षाको अनुभूति भएको र दशगजा अतिक्रमण रोकिएको कुरा जनप्रतिनिधिले बताए। बर्दियाको बढैया ताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले जनप्रतिनिधिको सहयोगले सीमा क्षेत्रको बिओपी व्यवस्थित भएको, सुरक्षा व्यवस्था कायम गर्न सहज बनेको र चोरी तस्करी नियन्त्रण गर्न सहज भएको बताए थिए।

कार्यक्रममा बाहिनी डिआइजी अभिकुमार खत्रीले राम्रो व्यवहार, अनुशासन र आचरण देखाएका जनअपेक्षा अनुसार काम गरेर सशस्त्रको गरिमा र ओज बढाउन निर्देशन दिए। जन प्रतिनिधि र सशस्त्र प्रहरी मिलेर सीमा नाका व्यवस्थित बनाउनु पर्ने उनले बताए।  कार्यक्रममा पश्चिम नवलपरासीदेखि बर्दियासम्म आठ जिल्लामा ५१ जना ओडा अध्यक्ष सहभागी थिए। सीमा क्षेत्रका समस्या, सीमापार अपराध नियन्त्रण र न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा जनप्रतिनिधिसँग सुझाव सल्लाह लिएर अघि बढ्न अन्तरक्रिया आयोजना गरिएको थियो। कार्यक्रममा ६ जिल्लाका सशस्त्र उपरीक्षक पनि सहभागी थिए। 

प्रकाशित: २ कार्तिक २०८० ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App