६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अमर प्रहरी परिवारलाई सम्मान

६८औं प्रहरी दिवसका अवसरमा मंगलबार जिल्ला प्रहरी कार्यालय, कालिकोटमा आयोजित कार्यक्रममा अमर प्रहरी परिवारलाई सम्मान गरिँदै। तस्बिर: ललित/कालिकोट

जिल्ला प्रहरी कार्यालय, कालिकोटले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ। ६८औं प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनलाई पुरस्कृत गरिएको हो।

पुरस्कृत हुनेमा खाँडाचक्र नगरपालिका–६ की पदमा हमाल रहेकी छन्। सो अवसरमा ११ प्रहरी कर्मचारीसमेत पुरस्कृत भएका छन् भने विभिन्न प्रतियोगिताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको छ।

नेपाल प्रहरीको गर्विलो इतिहास एवम् सुनौलो भविष्य रहेको र जनताको आशा एवम् भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेकाले त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने विश्वास आफूमा रहेको जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजितबहादुर शाहीले बताए।

जनताको जिउधनको सुरक्षाका लागि नेपाल प्रहरीलाई सबैले थप सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए। उनले जनताको सेवक अर्थात् पीडितको पक्षमा काम गर्न दत्तचित्त भएर लाग्न सबै प्रहरीलाई अनुरोध गरे।

उनले भने, ‘कालिकोटजस्तो विकट ठाउँमा प्रहरीले राम्रो काम गरेको स्मरण गर्दै आगामी दिनमा कर्णाली प्रदेशले लिएको सुरक्षित कर्णाली प्रदेश अभियानलाई सफल बनाउनका लागि सबै सरोकारवाला निकाय सकारात्मक सोचका साथ लाग्नुपर्ने छ।’

समाजमा सुशासन एवम् शान्ति सुरक्षा कायम गर्न सबै नागरिक बिनाबर्दीका प्रहरी भएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताए। उनले थपे, ‘जनतालाई उचित न्याय प्रदान गर्न नेपाल प्रहरीको विशेष भूमिका रहेको छ, साथै देशमा बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्नमा पनि नेपाल प्रहरीको विशेष भूमिका रहेको छ।’

दिवसको अवसरमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय प्रहरी कर्मचारी तथा जग्गादाताहरूलाई प्रहरी कार्यालय, कालिकोटबाट कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रमुख अर्जुन केसीले बताए।

प्रकाशित: १ कार्तिक २०८० ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App