२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा चालकको मृत्यु

कर्णाली कोरिडोरको खुलाल लैफू सडकखण्ड अर्न्तगत कालिकोटको सान्नीत्रिवेणी–३ सिस्नेगडामा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दसैँको बेला सुर्खेतबाट हुम्ला जान आएका यात्रु जस्ते गडाबाट कोल्टीसम्म यात्रु पुर्‍याएर फर्किने क्रममा सोमबार राति ३ बजे ग १ ज ५७९५ नम्बरको जीप दुर्घटना हुँदा कालिकोटको रास्कोट ७ स्थायी ठेगाना भएर कैलाली बस्दै आएका ३६ वर्षीय सुशील शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए ।

जीप सडकबाट ३५ मिटर तल कर्णाली नदीको किनारामा खसेको छ । मंगलबार बिहान ४ बजे दुर्घटना भएको जानकारी पाएपछि सान्नीगाड चौकीबाट प्रहरी घटनास्थल गएको छ । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरी निरीक्षक थापाले भने अप्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुन सक्छ । गाडीमा रहेका एक जना यात्रु सकुशल छन्।

हिजो दिउँसो कालिकोटको लालीघाटबाट हुम्ला जाने यात्रु लिएर गएका शाही राति दुर्घटनामा परेको लालीघाट काउन्टरका कर्मचारी चरित्र शाहीले बताए । दसैँको बेला घर जाने यात्रुको चाप छ । उनले अनुमान गरे बिहान रिजर्भ लिनलाई राति आएका होलान् । चालक शाहीले कर्णाली कोरिडोरमा ७ वर्षदेखि गाडी चलाउँदै आएका थिए । एक वर्षअघि आफ्नै जिप खरिद गरेर चलाउन थालेका थिए । उनको घरमा आमाबुबा, एक छोरा, एक छोरी र पत्नी छन् ।

प्रकाशित: ३० आश्विन २०८० ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App